Thursday, December 25, 2014

नेपालीमा लेख्ने प्रयाश

के लेख्ने सोच्दै छु !! हुनत, यो ब्लगको उद्देस्य भनेको थकाली युवाहरुलाई केहि भएपनि ज्ञान गुणका   खुराक  पस्किनु हो, तर फेरी भन्छु, केहि दिन भयो लेख्न गारो भै रहेको छ, जे होस् केहि त लेख्नु पर्यो, हुनत म थकालीको छोरो हु, थकालीमा लेख्ने अनि  स्फूर्त तरिकाले  बोल्ने ठुलो इच्छा छ, अफसोच मलाई १ या २ वटा थकाली शब्दहरु बाहेक ज्यादा बोल्न आउदैन - किन त ? प्रश्न  गहण  छ, यो कुरा बुझ्न हाम्रो सामाजिक, राजनितिक चेतना अनि अन्य धरातलको गहिरो अध्य्यनको तड़्कारो खाँचो छ, तसर्थ अहिले म यसको उत्तर दिने ध्रिस्टता गर्दिन बरु स्वअध्य्यनको प्रयाश गर्ने छू, अर्को महत्वपूर्ण पाटो भनेको हाम्रो थकाली भाषाको आफ्नै लिपि पनि त छैन !! जसले गर्दा हाम्रो समाजका महत्वपूर्ण इतिहास, साहित्य, कथा अनि अन्य बिधाहरुको आफ्नै लीपीमा लिपिबध्व गर्न असमर्थ छौ, यो बास्तवीक सत्य हो, हुनत मैले हाम्रो थकाली भाषा सिक्न र बोल्न त धेरै प्रयास गरेको हुँ तर हाम्रो सामाजिक अनि एजुकेशनको परिबेश नै फरक, कहाँ पढ्न पाउनु स्कुलमा थकाली भाषा !! हिजो मलाई एउटा बिदेशीले सोध्नु भयो, "तपाई कतीवटा  भाषाहरु बोल्नु हुन्छ", निस्फिक्री मैले भने "थकाली, नेपाली, हिंदी आनी अंग्रेजी " तर मलाई थाहा थियो "म आफ्नो मातृ भाषा  बोल्न अनी लेख्न असमर्थ छु भनेर ", एस्तै परिस्थितिबाट हामी सब थकाली युवाहरु  गुज्रेका छौ, तसर्थ  प्रश्न अहम: छ,  दूरगामी पनि,

हुनत, थकाली समाज अनि भद्र भलादमीहरुले यसको मह्सुश नगरेका भने होइनन !! प्रयाश गरेका छन जस्तै बार्षिक रुपमा खांगलो पत्रिका अनि शब्द कोषहरु पनी प्रकाशनमा छन, यसको बाबजुत, सत्य के हो भने, हाम्रो भाषा लोपोन्मुख छ र यो अति लोपोन्मुख भाषा मध्येमा एक पर्दछ,  यो ठूलो दुर्भाग्य हो, किनकी हरेक भाषा अनि सांस्कृतिक सम्पदा हरु राष्ट्रको सम्पति हुन,  हुनत अहिले नेपालमा भाषिक आन्दोलन ब्याप्त छ तरपनि म के ठान्छु भने यसको कारण त हामी नै हौ, हो यस्मा राज्यसत्ता पनि जिम्बेवार छन्, तर हामी स्वयम: अन्तरिक रुपमा कम्जोर भएपछी जरुर बह्य आक्रमण जरुर हुन्छ, र कटु भन्नु  पर्दा सत्य यहि हो, यो कुरा जो आत्मा साथ गरेर हामी अन्तरिक सुधिकरणमा लाग्नु पर्छ, "घर पहिला ठिक भए पछि बाहिरपनि बलियो अनि सशक्त रुपले अघाडी बढ्न सकिन्छ", अन्यथा "अर्काको शरीरमा जुम्रा हिडेको देख्ने, अनि आफ्नोमा भैसी कुदेको नदेख्ने मुर्ख" सरह प्रमाणित हुनेछौ, तसर्थ हामीले येजुकेसन अनि अनुसन्धानको पाटोलाई मजबुत बनाउनु अनिवार्य छ अनि युवाहरुलाई सहि मार्गनिर्देशन गर्न सक्नु पर्छ, किनकि युवा नै हाम्रो भविस्य हुन् भन्ने कुरोमा दुइमत नहोला,

पुष १०, २०७१ 

No comments:

Post a Comment