Saturday, February 28, 2015

नेतृत्व कला (क्रमश:……)

अवस्यपनि अघिल्लो लेख पढ्नुभयो होला - नेतृत्व कला यो ज्यादै बुज्नु पर्ने विषय हो भन्दा अतिउक्ति नहोला? भनिन्छ - नेतृत्व पङ्क्ति समाजको मुली हो !!जसले हामीलाई सधै नैतिक, वौद्धिक, सैधान्तिक एबं व्येवाहरिक मार्गनिर्देशन गर्ने गर्दछ, अनि अर्को कुरो नेतृत्व  भनेको हाम्रो समाजको ऐना जस्तै हो किनकि जसरि हामीले आफ्नो अनुहार ऐनामा देख्ने गर्छौ, तेसरिनै समाजको रुप अनि रंग जो कोहि नेतृत्वमा देख्न सकिन्छ !! यो महत्वपुर्ण छ किनकी नेतृत्वले बाहिरी संसारमा हाम्रो समाजको प्रतिनिनिधि गरिरहेको हुन्छ !!यदि अब्बल दर्जाको  नेतृत्व भएको खण्डमा हाम्रो समाजको छबि उज्ज्वल हुने गर्दछ अनि विभिन्न ज्ञान कौशलको पनि प्राप्ति हुने गर्दछ तर नेतृत्व कम्जोर अनि नलाएक भएको खण्डमा समाज अस्तब्यस्त अनि बिखन्डन तिर जाने गर्दछ - यो सत्य हो !! अत: अब्बल नेतृत्व समाजको लागि बौद्धिक सम्पति हुनेगर्दछ !

अर्को पाटो नेतृत्व लाई हामी कलाको रुपमा पनि लिन सकिन्छ - यो जन्म जात आर्जित हुदैन, यो त सिक्ने बुझ्ने अनि मनन गर्ने कुरो हो, हामीले बुझ्नु अति जरुरि छ कि कुनै पनि समाजको नेतृत्व गर्न त्यो समाज अनि वातावारण बुझेको धर्तिपुत्रपुत्रीको अवास्यक पर्दछ !! हामी पराई  प्रति नेतृत्वको आश गर्दा आफ्नै खुट्टामा बन्चरो हिर्काउने काम  बाहेक अर्को हुनसक्दैन तसर्थ अहिले हामीमा यो गहिरो चेतनाको झिल्का बल्नु अवस्यक छ नत्र प्रश्न आउने गर्दछ कहिले सम्म अर्काको मुख हेरेर बस्ने?

नेतृत्वमा एस्तो शक्ति हुने गर्दछ -  यसको  रापमा हामीबीच उब्जेका सोच विचार या परिकल्पनालाई मलजल गरि मुर्तरुप दिन सक्दछ, यो कहिले सम्भव हुन्छ ? तबमात्र हुन्छ जब हामीले ति सोच विचार या परिकल्पनालाई आत्मसात गर्न सक्दछौ !! त्यो केवल सम्भव हुनेछ, नेतृत्व पङ्क्ति हाम्रै समाजबाट खारिएर आउने गर्दछ !! नत्र बहिरबाट टिपेर या टट्रांस्प्लान्त्त गरेका नेतृत्वबाट के आशा गर्न सकिन्छ र ? तर तितो सत्य - यस्तै भैराखेको छ !! तर हाम्रो समाजबाट निक्लेका नेतृत्वबाट धेरै आशा गर्न सकिन्छ - आफ्नो समाज समुदायसंग अत्मियता हुन्छ, विश्वासको बातावरण हुने गर्दछ, उनिहरुबीच सिधा संवाद हुने गर्दछ !! यी तत्वले समाजमा आत्मविश्वासको लहर आउने गर्दछ - जसको अर्थ कम्जोर अनि असमर्थहरुको लागि वैशाखी हुने गर्दछन र समस्थ जनगणका निमित्त सारथी हुनेछ ताकी दुख अनि सुख हरपल साथ हुने गर्दछन !!!

(क्रमश:……)

Tuesday, February 17, 2015

नेतृत्व कला

हुनत नेतृत्व सम्बन्धमा धेरै पुस्तकहरु पढ्न सकिन्छ, यस सम्बन्धमा धेरै छलफल पनि गर्न सकिन्छ I अहिले मेरो दिमागमा एउटा यक्छ्य प्रश्न टड्कारो रुपमा आइरहेको छ - नेतृत्व के हो ? म जुन वातवरणमा हुर्के, म जुन सामाजिक परिवेशबाट अघि बढे - नेतृत्वको बारेमा मेरो बुझाई साँघुरो भयो कि भन्ने अनुभूति भै रहेको छ I जब जब म नेतृत्वको बारेमा सोच्छु, चाहेर होस् या नचाहेर होस् - हाम्रो समाजमा बिधमान राजनीतिक नछ्य्त्रका पात्रहरु अघाडी पर्दछन I पहिला पहिला नेता भन्नाले केवल वाक शक्ति भएको, सारहो बोल्ने अनि ज्यादा बोल्न सक्ने व्यक्ति मात्र हुन सक्छ भन्ने भान पर्थ्यो !! य़स अर्थको बुझाईमा कहिले काहिँ नेता मानिएकाहरुको अनुशासनहिन ब्येवाराले भने मेरो बुझाईमा केहि प्रश्न जरुर आएको हो I केहि प्रश्न जस्तै नारदिय बेबहार गर्ने व्येक्ति कसरि हाम्रो समाजको नेता कहलिन्छन? अनि यी नारदिय बेबहार भएकाहरुले कसरि हाम्रो समाजलाई गलत बाटोमा दिशाबोध गरेका हुन्छन? यसबाट हामी लगाएत समस्त युवा पिढी दोधारमा परेका छन I तसर्थ मेरो प्रयाश हुनेछ - निम्न प्रश्नहरुको उत्तर खोज्नु I  

  1. नेतृत्व के हो?
  2. हाम्रो नेपालमा नेतृत्वको बुझाई?
  3. नेतृत्वको रुप अनि किसिमहरु?
  4. नेतृत्वको आधुनिक परिभाषा?
नेतृत्व के हो?

यो बुझ्नु ज्यादै आवस्यक छ I हामीले चाहेर होस् या नचाहेर, हरेक परिवार, समुदाय, समाज, झुण्ड, राज्य या देशमा नेतृत्वको आवस्यकता पर्दछ I यो नेतृत्व गुण, कला, या कौशल देश काल अनि परिस्थिति अनुरुप हुनुपर्छ I हामी नेतृत्वलाई किन महत्व दिन्छौ? किनकि नेतृत्वतहबाट हामीले आफु अनि आफ्नो समाज समुदाय या वातावारणलाई मार्गनिर्देश गर्ने सोच अनि बिचारले सिंचित हुन्छ I सामान्य भाषामा भन्नुपर्दा, यदि मूल सफा छ भने धारामा सफा पानी बग्ने गर्छ अनि सबैको घर चुलोमा सन्तोषको वातावरण हुन्छ  तर यदि मूल फोहोर भएको खण्डमा, समाजमा विभिन्न रोग ब्यथाको महामारी फैलन सक्छ अनि समाजमा बिचलन आउन सक्छ I यहि कारणले गर्दा नेतृत्वको सहि प्राज्ञीक अर्थ हामीले बुझ्नु पर्ने आवस्यक ठान्दछु I अहिले हाम्रो नेपाली समाज राजनीतिक, सामाजिक, धार्मिक हिसाबले तरल अवस्थाबाट गुज्रिरहेको छ I यो किन भयो? यसको उत्तर एतिहासिक होस् या सामाजिक अनुसन्धानबाट मात्र सटिक उत्तर प्राप्त हुनसक्छ I  तर गिदीमा गएर यसको जड राजनीतिक  या सामाजिक न्याय प्रणालीमा नै ठोक्किन जान्छ I जसको बिउ नेतृत्व कलामा नै हुन्छ - सहि बिउ रोपे सहि अन्न फल्ने हुन्छ तर यदि कमसल बिउ रोपेको खण्डमा भने बनमारा झैँ पुरा जंगल सखाप पर्न सक्छ या अनिकाल पर्न सक्छ I हुनसक्छ, अहिले हाम्रो समाजमा विभिन्न राजनीतिक पार्टीको नकाबमा जल्कुम्बी झार झैँ हाम्रो सुन्दर समाजलाई तहस नहस पर्न उद्वत छ I तर पनि हरेक विषम परिस्थितिको उपचार भने हुन्छ र यस्तै परिस्थितिमा अब्बल नेतृत्वको खाचो पर्दछ I फेरि प्रश्न आउछ - कस्तो नेतृत्व? पहिला, नेतृत्व पंति शारीरिक अनि मानसिक हिसाबले स्वस्थ्य हुनु पर्दछ किनकि जब नेता स्वयेम अस्वस्थ्य छन् अनि अल्छी केवल बोल्नमा मात्र माहिर तर कमले ज्यादै बेकम्मा छन् भने त्यस्ता व्येक्ति कहिलै पनि नेतृत्वपंतिमा हामीले पुर्याउनु हुदैन तर यदि पुरौछौ भने त्यो हाम्रै भुल बाहेक अरु केहि हुनसक्दैन !! किनकि अब्बल नेता भनेको समाजमा धेरैको निमित्त "हीरो" हुनेगर्दछ !!  

(क्रमश:……)