Saturday, February 28, 2015

नेतृत्व कला (क्रमश:……)

अवस्यपनि अघिल्लो लेख पढ्नुभयो होला - नेतृत्व कला यो ज्यादै बुज्नु पर्ने विषय हो भन्दा अतिउक्ति नहोला? भनिन्छ - नेतृत्व पङ्क्ति समाजको मुली हो !!जसले हामीलाई सधै नैतिक, वौद्धिक, सैधान्तिक एबं व्येवाहरिक मार्गनिर्देशन गर्ने गर्दछ, अनि अर्को कुरो नेतृत्व  भनेको हाम्रो समाजको ऐना जस्तै हो किनकि जसरि हामीले आफ्नो अनुहार ऐनामा देख्ने गर्छौ, तेसरिनै समाजको रुप अनि रंग जो कोहि नेतृत्वमा देख्न सकिन्छ !! यो महत्वपुर्ण छ किनकी नेतृत्वले बाहिरी संसारमा हाम्रो समाजको प्रतिनिनिधि गरिरहेको हुन्छ !!यदि अब्बल दर्जाको  नेतृत्व भएको खण्डमा हाम्रो समाजको छबि उज्ज्वल हुने गर्दछ अनि विभिन्न ज्ञान कौशलको पनि प्राप्ति हुने गर्दछ तर नेतृत्व कम्जोर अनि नलाएक भएको खण्डमा समाज अस्तब्यस्त अनि बिखन्डन तिर जाने गर्दछ - यो सत्य हो !! अत: अब्बल नेतृत्व समाजको लागि बौद्धिक सम्पति हुनेगर्दछ !

अर्को पाटो नेतृत्व लाई हामी कलाको रुपमा पनि लिन सकिन्छ - यो जन्म जात आर्जित हुदैन, यो त सिक्ने बुझ्ने अनि मनन गर्ने कुरो हो, हामीले बुझ्नु अति जरुरि छ कि कुनै पनि समाजको नेतृत्व गर्न त्यो समाज अनि वातावारण बुझेको धर्तिपुत्रपुत्रीको अवास्यक पर्दछ !! हामी पराई  प्रति नेतृत्वको आश गर्दा आफ्नै खुट्टामा बन्चरो हिर्काउने काम  बाहेक अर्को हुनसक्दैन तसर्थ अहिले हामीमा यो गहिरो चेतनाको झिल्का बल्नु अवस्यक छ नत्र प्रश्न आउने गर्दछ कहिले सम्म अर्काको मुख हेरेर बस्ने?

नेतृत्वमा एस्तो शक्ति हुने गर्दछ -  यसको  रापमा हामीबीच उब्जेका सोच विचार या परिकल्पनालाई मलजल गरि मुर्तरुप दिन सक्दछ, यो कहिले सम्भव हुन्छ ? तबमात्र हुन्छ जब हामीले ति सोच विचार या परिकल्पनालाई आत्मसात गर्न सक्दछौ !! त्यो केवल सम्भव हुनेछ, नेतृत्व पङ्क्ति हाम्रै समाजबाट खारिएर आउने गर्दछ !! नत्र बहिरबाट टिपेर या टट्रांस्प्लान्त्त गरेका नेतृत्वबाट के आशा गर्न सकिन्छ र ? तर तितो सत्य - यस्तै भैराखेको छ !! तर हाम्रो समाजबाट निक्लेका नेतृत्वबाट धेरै आशा गर्न सकिन्छ - आफ्नो समाज समुदायसंग अत्मियता हुन्छ, विश्वासको बातावरण हुने गर्दछ, उनिहरुबीच सिधा संवाद हुने गर्दछ !! यी तत्वले समाजमा आत्मविश्वासको लहर आउने गर्दछ - जसको अर्थ कम्जोर अनि असमर्थहरुको लागि वैशाखी हुने गर्दछन र समस्थ जनगणका निमित्त सारथी हुनेछ ताकी दुख अनि सुख हरपल साथ हुने गर्दछन !!!

(क्रमश:……)

No comments:

Post a Comment