Sunday, August 3, 2014

The Night I Slept under a Tree

“Have you ever come across a situation when you felt yourself too vulnerable at the mercy of Mother Nature?” 

Today, I am going to share with you all the “scary” night I slept under a Tree!!   

I am going to walk you through: How I landed in the situation? How I dealt with the situation?

It was in the month of February 2009, I was assigned a task to visit a remote place in Mid Western part of our country. The objective of my task was to supervise and monitor a district wide social program. My destination was a small town called Gamgadi in Mugu district. To reach the destination, I had only two options. The first option was to take a flight from Nepalgunj or Surkhet to Gamgadi or a nearest district Jumla. The second option, the hardest one, was to walk all the way from Surkhet to Gamgadi, Mugu. I chose the second option – to take a flight. After many uncertainties due to rough weather, I could fly to the nearest town call Jumla.

Once I landed in Jumla airport, I immediately headed uphill for Gamgadhi , Mugu, which would take to me 2 complete days. Since it was already late afternoon, I had to speed up my pace. Sky was clear with no sign of clouds. My only concern was that I needed to cross the hill before 5:30 pm. The hill stood towering at an altitude of 3000 m. The uphill ascend was tough – natural cardiac exercise. My target for night halt was Village A. The locals assured me that I can reach the village before night.  At around 5:45 pm, I reached the peak and refilled myself with biscuit. 


After minutes of rest, I walked through the dense jungle. It was dead silent. Now, I could even hear my own breathing and heart beat!! Suddenly, I could feel gush of cold wind and trees began to sway breaking the monotony. Somewhere I got an uneasy gut feeling – what if? After half an hour, I was still in the jungle walking and begin to hear crickets - slowly raising their voice. My god, the visibility was slowly vanishing in front of me. My heart started to beat a bit faster. I prayed, I could meet somebody or even an animal from the nearest village. Sadly, I met nobody. Suddenly, it was pitch black and from nowhere, the whole of jungle was covered in evening fog. Now I was in a mess. No GPS, no mobile tower, no people or animal around!! 

Fortunately, I had a torch but I could not see feet away because the visibility was very poor. I came in an open field. I shouted here and there, hoping someone will hear me. I stayed still, hoping somewhere in the distance I could hear people’s voice or animals. I was also hoped; I could see light in the distance and follow there. I failed and I was loitering here & there for almost one hour. Now I was convinced, I am lost in the wilderness and. I looked at my watch – it was already 9 pm.  I knew, wild bears are rampant and on top of this, there are cliffs nearby. Anyhow, I needed to survive this one night!! I decided to stay under a tree hoping to get cover the whole night.  Sadly, it started to shower lightly. I became wet and fortunately, I had a plastic cover. I used to it along with all the clothes for some warmth. Till 1 am, I could not sleep because the place was getting slippery.

Finally, the only help that I got was at 1:15 am; a lonely horse was came from nowhere and stood beside me the rest of the night. I was so delighted and stayed still for a cover waiting for morning to come.  When the morning welcomed me, I was the happiest person, I survived!!

For me, the lonely horse was the God, no one else!!

ABC
03 August, 2014


Monday, July 28, 2014

अनुभव र अनुभूति बिच ‘गुञ्जन’

उषा शेरचन
(थासंग सामाजिक संजाल ब्लगमा पोस्ट गर्नको निमित्त लेखक बाट स्वीकृति प्राप्त)

स्रोत: https://www.facebook.com/usha.shershan/media_set?set=a.10152517538696117.1073742426.640106116&type=1

आज म मेरा श्रीमानको साथ बुटवलको यात्रामा यात्रारत छु । बुटवलको थकाली गुम्बामा ठूलो हिमपूजा सम्पन्न हुँदै छ । हाम्रो स्वर्गीय सासूज्यू उमादेवी शेरचन (भट्टचन) को नाउँमा बुद्धको मूर्ति मेरा श्रीमान डीबी शेरचनज्यूले चढाउने स्हुङ्ग (प्राणप्रतिष्ठा) राख्नका लागि । कारमा श्रीमानलाई मनपर्ने लता मंगेशकरज्यूको कालजयी गीत बजिरहेको छ ।
अजिब दासतां है ये कहाँ शुरु कहाँ खतम
ये मंजिलें है कौन सी न तुम समझ सके न हम ।
यसो त कारभित्र मनपर्ने गीतहरु सुन्दै यात्रामा निस्कनुको आनन्द नै बेग्लै हुन्छ । त्यसमाथि झन् श्रीमानज्यूको साथमा । जीवनमा कति कति पटक यो राजमार्ग ओहोरदोहोर गरियो होला, जति पटक ओहोरदोहोर गरे तापनि बाटोबाट देखिने प्राकृतिक दृश्यका सुन्दरताले मेरो मनलाई तानिरहेकै हुन्छ । जति पटक हेरेपनि नौलो नौलो नै लाग्छ । हेरेर कहिल्यै अघाउदिन पनि ।



तर आज मेरो मनलाई न त कारभित्र गुञ्जिरहेको यो मिठो गीतले नै छोइरहेको छ । न त बाहिर देखिने यी प्राकृतिक सौन्दर्यले नै तानिरहेको छ । मेरो मन बारम्बार हिजो संस्थापक सदस्य सुस्मिता नेपालको निवासमा बसेको गुञ्जनको कार्यकारी समितिको मिटिङ्गमा नै अल्झिरहेको छ । त्यहाँ उठेका प्रसङ्गले बारम्बार मेरो ध्यान खिँचिरहेको छ ।
हिजो भन्नाले २०।०८।२०६५ शुक्रबार, गुञ्जनको कार्यकारी बैठकमा, अध्यक्ष पद्मावती सिंह दिदीले उद्घोष गर्नुभयो – ‘गुञ्जन बाह्र वर्ष पुगेको सुखद उपलक्ष्यमा एउटा स्मृति अंक प्रकाशित गर्ने । सबैले एउटा एउटा लेख लेख्न प¥यो । जसजसलाई जुन जुन शिर्षकमा लेख्न मन छ लेख्नु म चाहिँ “गुञ्जनमा बाह्र वर्ष” शिर्षकमा लेख्छु ।’

पद्मा दिदीले यसो भन्नासाथ मेरो स्मृतिपटलमा धेरै कुराहरु एकैपटक विजुली चम्केजस्तै गरी चम्किए । समयसीमा तोक्नुभए पछि भने म द्विविधाग्रस्त भएँ । भोलि नै बुटवल जानु छ, त्यहाँबाट फर्के लगत्तै बेलायत जाँदैछौ । छोरा आस्तिक पेरिसबाट आउने । छोरी आस्था अमेरीकाबाट आउने, हामी श्रीमान श्रीमती नेपालबाट जाने गरी हामी सबै परिवार यसपल्ट छोराछोरीको क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको छुट्टि सपरिवार लण्डनमा सँगै मनाउने तय धेरै पहिले नै भइ सकेकोले समयभित्र लेख तयार हुने हो कि होइन ! भन्ने आशंका मनभरी उठिरह्यो ।

हामीले बाह्रवर्षदेखि अनवरत् रुपमा हुर्काएको संस्था बाह्रवर्ष पुग्दा सीमारहित खुशी लाग्नु स्वाभाविकै भयो । यी बाह्र वर्षमा “गुञ्जन” भित्र बिताएको सुखद पलहरु कहाँबाट शुरु गरी कहाँ अन्त गरुँ ? के के पो अनुभवहरु बाडुँ ? के के पो अनुभूतिहरु सुनाउँ ? के के लेखौं के के नलेखौं ? सबै सबै क्षणहरु जीवन्त भएर मेरो सामु चलचित्र झै फनफनी घुमिरहेको छ, ठेलमठेल भएर साउनको भेल झै मनभरी उर्लिरहेको छ ।

मातृत्वको सुखभोग भन्नु नै गृहस्थि जीवनमा व्यस्तताको चरम बिन्दु हो भने पनि फरक नपर्ला सायद् । आफ्ना सन्तानको स्याहार सुसारमा यति लिन भइन्छ कि, यति मग्न होइन्छ कि, समय चिप्लेको समेत पत्तै हुँदैन । उनीहरुका हरेक क्रियाकलापहरुबाट मिल्ने असिम आत्मिक सुखलाई शब्दमा उतार्न सकिदैन् मात्र अनुभूत गर्न सकिन्छ । यहि ब्यस्ततामा अल्झिएर साहित्यबाट अलि पर ओझेलमा बसे तापनि लेख्न भने छाडेकै चाहिँ थिइन । त्यसो त म उर्वर लेख्ने साहित्यकार भित्र पनि पर्दिन नै, थोरै मात्र लेख्ने गर्छु ।

यसरी छुट्टै संसारमा रमाइरहेको बेला अचानक एकदिन धेरेै दिन पछि सायद धेरै वर्ष पछि पद्मा दिदीसँग भेट हुँदा उहाँ मलाई देखेर अति प्रसन्न हुनुभयो र भन्नुभयो—
‘ए उषा !’
‘तिमी कता हराइरहेकी हँ ?’
‘मैले कति खोंजे, फोनसोन पनि छैन् ।’
दिदीले एकैपटक भएभरको आत्मियता खन्याउनु भयो म माथि । र, प्रत्युत्तरमा म हाँसिरहें मात्र ।
‘हैन उषा किन यसरी बेपत्ता भएको भन्या ?’
‘बेपत्ता नै भनूँ अब, छोराछोरी जन्माएर मात्र भएन, हुर्काउनु पनि प¥यो । अहिले म पूर्णरुपले मातृत्वको भूमिकामा समर्पित छु । र, एकदमै रमाइरहेकी छु । आफ्नो सुखी संसारभित्र । छोरी आस्था जन्मेको २ वर्ष नबित्दै छोरा आस्तिकको जन्म भएकोले झन् बढी व्यस्तताले छोपेको हो । अब भने छोराछोरी स्कुल जान थालेकोले अलि हलुको भने भएकी छु । बाटोमा के कुरा गर्नु दिदी ? मेरो घर आउनुहोस् । अनि बसेर गफ गरौंला ।’ भनेर दिदीलाई मेरो फोन नम्बर पनि दिएँ र दिदीसँग छुट्टिएं । पद्मा दिदीको न्यानो माया र स्नेहलाई पोको पारेर । म पनि घरै फर्कें । अनि पद्मा दिदीसँग बिताएको सुन्दर पलहरु नाच्न थाले आखाँ वरीपरी र मनभरी भरी । 

पद्मा दिदीसँग प्रत्यक्ष भेट हुनभन्दा पहिला साहित्यकार विजय बजिमयकहाँ एउटी सुन्दर युवतीको फोटो देखेको थिंए । भाइलाई सोध्दा कथाकार पद्मावति दिदी हुनुहुन्छ भनेर थाहा पाइयो । निकै सुन्दरी हुनुहुँदा ेरहेछ भनेर प्रशंसा पनि गरेकी थिंए मैले ।

तिनै फोटोको सुन्दरीसँग प्रत्यक्ष भेट्ने अवसर भने उहाँको दाजु पोखरामा अञ्चल न्यायाधिश भएर आउनुहुँदा उहाँ पनि पोखरामा घुम्न आउनु भएको बेलामा मिलेको थियो । सबैसँग छिट्टै घुलमिल हुने बानीले गर्दा पद्मा दिदी मेरो परिवारसँग पनि छिट्टै घुलमिलहुनु भयो । मेरो भाइ गीतकार चन्द्र भट्टचनले नेवारी बोलेको खुबै हिस्सी लाग्छ दिदीलाई, अझै पनि दुबै भेट भएको खण्डमा नेवारी भाषा मै सम्बाद आदान प्रदान गर्ने गर्नुहुन्छ । 

त्यसो त हामी नेवार टोलमै जन्मे हुर्केका हौं । टोलभरी नेवार समुदायको घरहरुमा एक्लो बृहस्पति हाम्रो मात्र थकाली परिवारको घर भए त पनि हामीलाई सबैसबैबाट अपार माया अगाध स्नेह र आत्मियता प्राप्त थियो । हाम्रो मातृभाषा थकाली भए तापनि हामी टोलका साथी संगीहरुसँग नेवारीमै बोल्ने गथ्र्यौ ।

पद्मावति दिदी हेर्नमा जति सुन्दर उत्तिनै सुन्दर गलाकी धनी तर गीतका शब्दहरु पूरै नआउने । म गीत संगीत सुन्न भनेपछि हुरुक्कै हुने, तर गाउन पटक्कै नजान्ने शब्द भने कण्ठै आउने । मैले दिदीलाई फर्माइस गरी गरी गीत गाउन लगाउँथे । दिदीले गाउदा बिर्सेका शब्दहरु मैले सम्झाइदिने गथेँ । हामी दुई जना मात्र फेवातालमा दिनभर डुङ्गा चढेको ती सुखद पलहरु पनि संझिन पुगें यत्तिखेर ।

नभन्दै एकदिन पद्मावती दिदी, फोन गरेर मेरै घर आउनुभयो । एउटा नयाँ सोच र जाँगर बोकेर — ‘ए उषा ! मैले महिला स्रष्टाहरु मात्र समेटेर एउटा साहित्यिक फोरम खोल्ने सोंच बनाएकी छु । त्यही सोंच बमोजिम मैले धेरै महिला स्रष्टाहरुसँग सम्पर्क राखेर सल्लाह र सुझाव पनि बटुल्दै छु । सबैले मेरो सोंचलाई स्वागतयोग्य भनेर सकारात्मक रुपमा लिएका छन् । तिमीलाई पनि समेट्ने विचारले तिमीसँग पनि सल्लाह गरौं भनेर आएको । तिम्रो के विचार छ ?’ भन्नुभयो ।
‘बच्चाहरु सानै भएकाले अहिले नै कुनै साहित्यिक संघसंस्थासँग आबद्ध हुने सोंच राखेकै छैन् । दिदीलाई थाहा भएकै कुरा हो, म लाग्दै लाग्दिन् लागेपछि मन, बचन, र कर्मले नै लाग्ने हुँदा हाललाई त्यस्तरी लाग्न सक्ने अवस्थामा म छुइन् ।’ यसो भनेर उहाँको आग्रहलाई विनम्रतापूर्वक अस्विकार गरें । पद्मा दिदी पनि मान्नेवाला कहाँ हो र ? आखिर मलाइ आबद्ध हुन बाध्य पारेर फर्कनु भयो त्यसदिन ।

२०५४ साल बैशाख महिनामा पद्मावति दिदीले आफ्नो सोंचलाई मूर्तरुप दिनको लागि उहाँकै निवासमा हामी सबैलाई आमन्त्रित गर्नुभयो । जसमा पद्मावती दिदी आफैँ , भूवन ढुङ्गाना दिदी, भागिरथी दिदी, गीताकेशरी दिदी, हिरण्यकुमारी पाठक दिदी, डा. मृदुला शर्मा दिदी, चन्द्रकला नेवार दिदी, प्रतिसरा सायमी, सुलोचना मानन्धर, सुस्मिता नेपाल र म उषा शेरचन गरी १२ जना मात्र उपस्थित हुनसक्यौं । हुनत पद्मावती दिदीले अन्य स्रष्टाहरुलाई पनि आग्रह गर्नुभएको रहेछ । तर उहाँहरु सायद आ–आफ्नै विशेष कारणले होला उपस्थित हुन सक्नु भएन अर्थात् आबद्ध हुन सक्नुभएन् । 

यसरी १२ जना मात्र भेला भएर बसेको बैठक १२ वर्ष पुग्नु पनि आफैमा एउटा सुखद संयोग नै भन्नुप¥यो । हामी १२ जनाले हाम्रो फोरमको नामाकरण गर्नेबारे छलफल गर्ने क्रममा डा. मृदुला शर्मा दिदीले “गुञ्जन” राखे कसो होला भनेर प्रस्ताव राख्नुभयो । उहाँबाट प्रस्तावित नामलाई नै हामी सबैले छलफल गरी अनुमोदन गरियो । “गुञ्जन” को न्वारान यसरी भएको थियो । 

हामीलाई हाम्रो पहिलो सार्वजनिक कार्यक्रममा ब्यानर लेख्दा नारा (स्लोगन)को आवश्यकतालाई डा.ज्ञानू पाण्डे बहिनीले परिपूर्ति गरिदिनु भयो ।
‘स्रष्टादेखि स्रष्टासम्म
सम्पर्कको निरन्तरता । सिर्जनामा जीवन्तता’
उक्त नारा संस्थापक सदस्य डा. ज्ञानू पाण्डे बहिनीको सिर्जना हो ।
हामीले नयाँ जोश र जाँगर बोकेर एउटा मञ्च खडा त ग¥यौ तर त्यसलाई उभ्याउने मेरुदण्ड नै अर्थ भएकोले समाधानको जुक्ति यसरी निकाल्यौ । महिनाको एकपटक नियमित रुपमा कार्यक्रम “गुञ्जन” का १२ जना सदस्यहरु मध्ये एक जना सदस्यको निवासमा गर्ने । उक्त दिन जुन सदस्यको निवासमा कार्यक्रम सम्पन्न हुन्छ त्यो दिनको अर्थभार सबै तिनै सदस्यले बहन गर्ने गरी मिलायौं ।

हामीले कुनै एकजना स्रष्टालाई मुख्य अतिथिको रुपमा आमन्त्रण गर्ने, उहाँको साहित्यिक कृति माथि छलफल गर्ने, उहाँले साहित्यिक यात्रामा बटुलेका प्रेरक प्रसंगहरु र जीवनमा अनुभवहरुबारे स्रष्टा स्वयंलाई पनि बोल्न लगाउने । उक्त कार्यक्रममा गुञ्जनका सबै १२ जना संस्थापकहरु अनिबार्य उपस्थित हुनै पर्ने तर अन्य अतिथिहरुलाई भने आ–आफ्नो अनुकुलता हेरी धेरै थोरै पालैपालो बोलाउने । निवासमा कार्यक्रम सम्पन्न गर्नुपर्ने हुँदा सबैलाई एकै चोटी बोलाउन सम्भव हुने कुरा पनि भएन ।अर्को महिनादेखि नै कार्यक्रम शुरु गर्ने तय भएपछि कसलाई आमन्त्रण गर्ने भन्ने प्रसङ्गमा भुवन ढुङ्गाना दिदीले उपन्यासकार ध्रुवचन्द्र गौतमज्युको नविनतम उपन्यास “अग्निदत्त अग्निदत्त ”भर्खरै मात्र बजारमा निस्केकोले उहाँकै कृतिबाट थालनी गरौ न त भन्ने सुझावलाई नै अनुमोदन गरी उहाँलाई नै आमन्त्रण गर्ने निर्णय ग¥यौं मात्र होईन आमन्त्रनै ग¥यौं । आ–आफ्नो निवासमा कार्यक्रम गर्ने र उक्त दिनको अर्थभार उनै सदस्यले बेहोर्ने सुझाव दिने म उषा शेरचन नै भएको हुँदा “गुञ्जन” को पहिलो मिर्मिरे उषा पनि उषाकै निवास बाट शुभारम्भ भएको थियो । जुन एउटा अभिनव आन्दोलन र एउटा अभिनव परम्परा नै बनेको छ ।

खरायोको दौडमा सामेल हुनु भन्दा कछुवाको चालमा हिड्न चाहने “गुञ्जन” धनले मात्र नभएर मनले पनि संस्था चल्न सक्छ भन्ने उदाहरण पेश गरेको छ । संस्कृति मंत्रालयको तुरतुरे धारो बाहेक कतैबाट पनि कुनै आर्थिक सहयोग बिना पनि संस्था सुचारुरुपले चल्न सक्ने नमुना बनेको छ, “गुञ्जन” । त्यसैले त बाह्र वर्ष देखि अविरल अविरल बगिरहेको छ “गुञ्जन”। अविराम अविराम हिडिरहेको छ “गुञ्जन” । त्यसो त गुञ्जनमा हामी सबैले संस्थापक देखि पिउन सम्मको भूमिका निर्वाह गर्ने गरेका छौं । र पनि गुञ्जनप्रति गौरव गर्छौ र गौरवान्वित पनि हुन्छौ हामी ।

शुरु शुरुमा गुञ्जन अनौपचारिक मञ्च मात्र भएको हुदाँ संयोजक गुञ्जनको जन्मदात्री पद्ममावती दिदी र बाँकी हामी ११ जना सबै सदस्य थियौं । औपचारिक नियम कानुनको बन्धन भित्र बाँधिनु नपर्दा हामी सबै जँहा जाँदा पनि, जे काम गर्दा पनि कमिलाको ताँतिझै वा माहुरीको झुण्डझँै हुल बाँधेर समुहमा जाने गथ्र्यौं र हामीले हामीलाई नै गुञ्जन समुह भन्ने गथ्र्यौ । अनौपचारिक हुँदाको सबैभन्दा मनपर्ने पक्ष हामी सबैलाई यही थियो र खुब रमाईलो लाग्थ्यो पनि ।

हुनत गुञ्जन १२ जना नारी स्रष्टाहरुद्धारा स्थापित मञ्च भएतापनि सबै सबै साहित्यकारहरुको साझा चौतारी हो ।
हामीले अनौपचारीक तर एकदमै सकारात्मक कार्यक्रमहरु गरीरहेको देखेर सबै साहित्यकारहरुले संस्थालाई बिधिवत दर्ता गर्ने सल्लाह र सुझाव दिनुभए बमोजिम मिति २०५७।१०।२५ मा “गुञ्जन” लाई बिधिवत दर्ता गराएर संस्थागत जामा पहि¥याईदिएपछी भने अनौपचारीकता बाट “गुञ्जन” औपचारीकतामा परिणत भयो । संस्थागत रुपमा दर्ता हुनासाथ बिधानको जंजिरले बाँधिनु प¥यो नै, त्यही अनुरुप परिचालन पनि गर्नै प¥यो । जसले गर्दा “गुञ्जन” को कार्यकारी समितिको गठन बिधिवत् रुपमै गर्न आवश्यक भयो र पद अनुरुपको कार्यभार वहन गर्नुपर्ने बाध्यता आईप¥यो । अध्यक्षमा पद्मावती दिदी निर्विरोध हुनुभयो भने महासचिवमा म उषा शेरचन निर्विरोध निर्वाचित भएँ । 

जबदेखि “गुञ्जन” ले औपचारीकताको चोला पहिरियो तबदेखि भने जुनसुकै सरकारी कार्य होस वा अन्य अध्यक्ष र महासचिव मध्ये कुनै एकको उपस्थित अनिवार्य हुन थाले देखि भने अनौपचारीक हँुदामाजस्तो हुलबाँधेर समूहमा जाने क्रम विस्तारै पातलिन थाल्यो । त्यसको कारण पनि म नै हुँ एक प्रकारले । एक त सबैजना एकै ठाउँमा भेला भइवरी जाँदा समय बेकारमा बढी खर्चिनु पर्ने फेरि मलाई मेरै मुताबिक समय निकालेर फुत्तफुत्त जान सजिलो पनि पर्ने तर अरुका समय तालिका भित्र आफ्नो समय मिलाउन जहिले पनि धौधौ पर्ने । फेरि महासचिव मात्रै गए हुने ठाउँमा समुह बाँधेर जानुको औचित्य पनि नभएको व्यवहारिक पक्ष आफ्नो ठाउँमा थियो भने, अर्को तिर देश विस्तार विस्तार सशस्त्र द्वन्द्वमा फस्न थालेपछि बेला कुबेला हुने चक्का जाम, हड्ताल, कफर््युको मार खेप्नु पर्ने भयावह परिस्थितिको सामना गर्नुपर्ने कुरा अर्को ठाँउमा भयो । चाहे सिंहदरवार होस या अन्य ठाँउ शान्ती सुरक्षाको दृष्टिले सुरक्षामा कडाइ वढ्दै जाँदा पहिलाको जस्तो खुकुलो पनहरु हट्दै जाने क्रम वढ्न थाले पछि समुहमा हुल वाँधेर जान सम्भव पनि नहुने जस्तो भयो । एक्लै गएर हुने ठाँउमा हुलै वाँधेर जानुको प्रयोजन पनि नरहेकोले प्रायः म मेरै अनुकुल समय मिलाएर एक्लै एक्लै जान थाले । जसरी पनि “गुञ्जन” को कार्य फत्ते गर्नु सँग न मतलब हो भनेर । काम भए त भैहाल्यो नि भन्ने सोच राखेर मात्रै हो अन्य कुनै विषेश कारणले समुहमा हिड्न छाडेको भने होइन । 

त्यस देखि बाहेक हाम्रो सार्वजनिक कार्यक्रममा होस वा नियमित मासीक कार्यक्रमहरुमा हामी प्रायः सवै उपस्थित हुने गरेका नै छौ । जस्तै प्रतिकुल अवस्थामा पनि सकेसम्म हामी सवैले “गुञ्जन” को कार्यक्रमलाई पहिलो प्राथमिकता दिइनै रहेका छौ । यति हुदा हुदै पनि यो बाह्र वर्षको दौरान गुञ्जनको मासिक कार्यक्रममा जम्मा जम्मी दुई पटक मात्र विषेश कारणवस अनुपस्थित रहे म । एक पटक साह्रै विमार भएर उठ्रनै नसक्ने हँदा, यसपल्ट भने म विदेशमै (बेलायत) भएको हुँदा । मात्र दुईपल्ट छुटाए मैले “गुञ्जन” को कार्यक्रम यो बाह्र बर्षको दौरानमा । रहरले भन्दा पनि करले “गुञ्जन” समक्ष मलाई पु¥याउने पहिलो श्रेय पद्मावती दिदीलाई नै जान्छ भने बाँकी सवै श्रेय “गुञ्जन” का मेरा सहभागी दिदी बहिनीहरुलाईनै जान्छ । म त निमित्त मात्रै हुँ । यसरी सबैले म प्रति देखाउनु भएको विश्वास र सदासयता प्रति म सदा सदा ऋणी रहिरहनेछु । सबै सबैलाई मेरो हृदयपूर्ण साधुवाद ।

यसरी मैले “गुञ्जन” सँग आवद्घ हुन असमर्थता जनाउदा जनाउदै पनि पद्मावती दिदीले आखिर मलाई तानेरै छाड्नु मात्र भएन कि अनौपचारिक हुदा अघोषित महासचिव र औपचारिकतामा परिणत भए पछि घोषित महासचिव जस्तो जिम्मेवारीपुर्ण गरुङ्गो भारी समेत बोकाई दिनु भयो । मैले पनि मेरो वुद्घि र वर्कतले भ्याएसम्म गुञ्जनले सुम्पेको जिम्मेवारीलाई समय अनुकुल हुदा र प्रतिकुल हुदा समेत सक्रिय पूर्वक इमान्दारिताका साथ निभाउने प्रयत्न भने सँधैसँधै गरिरहे ।
“गुञ्जन” का सवै सहभागी दिदी बहिनीहरुले म प्रति गर्नेु भएको विश्वासलाई इमान्दारिताका साथ निभाउन सके कि सकिन ? “गुञ्जन”ले बोकाइदिएको जिम्मेवारीको गरुङ्गो भारीलाई बाह्रवर्ष सम्म सहजतापूर्वक बोक्न सके कि सकिन ? “गुञ्जन” ले दिएको दायित्व वाट खरो उत्रन सके कि सकिन ? प्रश्न अध्यक्ष पद्ममावती दिदीलाई र गुञ्जनका सबैसबै सहकर्मी दिदी बहिनीहरुलाई पनि । भुलचुकमा क्षमाप्रार्थी छु ।

पद्मावती दिदीलाई आफुले यत्रो चाहाना राखेर जन्माएको संस्था बीच बाटोमै अलपत्र पर्ला कि ? अथवा असमयमै मर्ला कि ? भन्ने डर व्याप्त थियो उहाँ भित्र । अब विस्तारै त्योे डरको वादलहरु हट्दै गएको देख्छु मैले । नयाँ नयाँ दरिलो काँधहरु थपिदै पनि छ । पद्मा दिदी र गुञ्जनका सबै सहयात्री दिदी वहिनीहरुको आग्रहलाई मैले बाह्र वर्ष सम्म शिरोधार्य गरें । अब भने विश्राम पाउँ । त्यसो त हामी (१२) बाह्र जना संस्थापकहरु “गुञ्जन” रहुन्जेल संस्थापकमै रहिरहने छौँ । पदीय भारबाट हामी मुक्त भए तापनि हामी (१२) बाह्र जना स्वतः सल्लाहकारमा जाने प्रावधान पनि “गुञ्जन” मा छदैँ छ । प्रत्यक्ष रुपमा हामी सक्रिय नभए तापनि परोक्ष रुपमा “गुञ्जन” रहिरहुन्जेल हामी रहिनै रहनेछौ ।

“गुञ्जन” सम्पन्न महिलाहरुको संस्थाहो भनेर गलत अवधारणा राखेको कुराहरु पनि सुन्नमा आँउछ यदाकदा । हो हामी धनले भन्दापनि मनले सम्पन्न भने अवश्य छौं । फेरि साहित्यकार भन्दैमा अभावै अभावमा बाच्नु पर्ने र निर्धन भएरै मर्नु पर्ने भन्ने पनि त छैन । साहित्यकार भनेको दुब्लो पातलो, मैलो धैलो, मोटो चस्मा लगाएको, फाटेको चप्पल र पुरानो झोला बोकेको हुनै पर्ने भन्ने त्यस्तो केही छ र ? शतप्रतिशत साहित्यकारमात्रै भएर आफ्नो जीवन निर्धनतामै उत्सर्ग गर्नेहरु प्रति मेरो विमति छ उल्टै बरु । मलाई गर्व छ मेरो समकालीन पुस्ताहरुसंग जसले यस्ता गलत ईमेजहरुलाई मेट्दै साहित्यमा निरन्तर लागिरहे तापनि आफ्नो जीवनको गाडीलाई सुचारु रुपमा चलाइ रहन समर्थवान छन् । 

२०६० साल पछि “गुञ्जन”लाई होस्टेमा हैंसे गर्दै हातेमालो गर्न आउनुभएका हाम्रा आजीवन सदस्यहरु माया ठकुरी दिदी, भद्रा घले दिदी, शुभ श्रेष्ठ दिदी, भूवनेश्वरी सत्याल दिदी पिताम्बरा उपाध्याय “पियूष” दिदी, वेञ्जु शर्मा दिदी, ,रेवती राज भण्डारी दिदी, केशरी बज्राचार्या दिदी, जलेश्वरी भाउज्यू ,डा.शुष्मा आचार्य म्याडम, लक्ष्मीदेवी राजभण्डारी,र बहिनीहरुमा शारदा शर्मा, सिर्जना शर्मा, ईल्या भट्टराई, उन्नति बोहोरा, लक्ष्मी उप्रेती, गीता कार्कि, संन्ध्या पहाडि, सुशिला देउजा, शशीकला मानन्धर,रुकु कार्कि, गीता त्रिपाठी, रजनी ढकाल, गंगा सुवेदी, नम्रता शर्मा, अनुराधा शर्मा आदिको आगमनले हाम्रा कठिन मार्गहरु प्रशस्त भएको छ र हाम्रो गरुङ्गो बोझ पनि केहि हद सम्म हलुको भएको कुरा पनि सबैसँग बाँड्न चाहन्छु । नयाँ नयाँ सदस्यहरु आउने क्रम यथावत रहिरहेको हुदा भविष्यमा “गुञ्जन” सँग आवद्घ हुन चाहने सवैसवै नयाँ सदस्यहरुलाई “गुञ्जन” को ढोका सँधै सँधै खुला रहिरहनेछ ।

आजीवन सदस्यको कुरा गर्नुपर्दा हामी सवैले बिर्सनै नसकिने नाम हो शारदा अधिकारीको उहाँ “गुञ्जन”को पहिलो आजीवन सदस्य बन्नुमा पनि आफ्नै कथा छ । खासमा उहाँ सस्थापक सदस्यमै आउने तय भए तापनि उहाँले गुञ्जनको पहिलो मिटिङ छुटाउनु भयो । फेरि “गुञ्जन” विधिवत दर्ता गर्ने वेलामा पनि उहाँ इण्डियातिर जानुभएको बेला परेकोले उहाँको नागरिकता हामीले पाउन नसकेर छुट्नु भयो । यसलाई विधिको विडम्वना भनौ कि, विधिको पुर्वसंकेत, अहिले आएर जिन्दगीकै गाडी असमयमै छुटाएर हामी सबैसंग कहिल्यै नभेट्ने गरी सदाका लागि छुटेर जानु भयो । उहाँको अकल्पनीय दुःखद मृत्युले हामी सवै स्तब्ध भएका छौँ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्दछौ । शारदा वहिनी ! हामी तपाइलाई सदा सम्झिरहनेछौ । शारदालाई सम्झेर म अलि बढीनै भावुक भएँ ।

हामीले अर्थात “गुञ्जन” ले श्रद्धापूर्वक अग्रज देखि समकालिन र अनुज पुस्ताहरुलाई पनि आमन्त्रण गर्ने गर्छौ । हाम्रो नियमित मासिक कार्यक्रम देखि विशेष सार्वजनिक समारोहमा मुख्य अतिथि वा विशेष अतिथिहरुलाई आमन्त्रण गर्दा आजसम्म कसै कसैवाट पनि अस्वीकार नहुनलाइ हामीले “गुञ्जन” प्रतिको सदाशयता हो भन्ने वुझेका छौ । उहाँहरु सवै सवैले “गुञ्जन”को आमन्त्रणलाई सहर्ष स्वीकार गर्नु मात्र भएन कि “गुञ्जन” प्रति अगाध मायाँ र स्नेह पनि दर्शाउनु भयो । उहाँहरु सवैसवै प्रति “गुञ्जन” सदा अनुगृहित रहि रहनेछ । यस्तै माया र सद्भावको अपेक्षा गुन्जनले भविश्यमा पनि राखी राख्ने छ ।

“गुञ्जन” चाहे अनौपचारिक रुपमा हुँदा होस् वा औपचारिक रुपमा हुँदा होस् । विभिन्न पत्र पत्रिकाहरुले “गुञ्जन” लाई स्थापित गराउन खेल्नुभएको गहन भुमिका र उहाँहरुले गुञ्जन प्रति लगाउनु भएको गुणलाई गुन्जनले विर्सेका छैनौ र विर्सने पनि छैनौ । यसरि “गुञ्जन” लाई स्थापित गराउने सवैसवै पत्र पत्रिकाहरु, स्तम्भकारज्युहरु, पत्रकारज्युहरु र सम्पुर्ण संचार कर्मीहरुज्यूहरुमा “गुञ्जन” हार्दिक आभार व्यतm गर्दछ ।

सुरु सुरुमा “गुञ्जन” ले प्रत्येक वर्ष आफ्नो मुखपत्र प्रकासित गर्ने गरेकोमा यतिमै मात्र सीमित रहन उचित नलागेर मुखपत्रको साटो कुनै एउटा पुस्तक प्रकाशित गर्ने उदेश्य वमोजिम ‘नारी साहित्यकारहरुको विधागत ईतिहास’ प्रकाशित ग¥यौ । संभवतः यस प्रकारको कृति नेपालमै पहिलो कृति हनुुपर्दछ सायद । त्यसैगरि हामीले हाम्रा उडानहरु हाम्रो भौगोलिक सीमाना भन्दा वाहिर पनि भर्न चाहन्थ्यौ, जस अनुरुप “गुञ्जन” ले ख्यातीप्राप्त नारी कथाकारहरुका प्रतिनिधि कथाहरुलाई अंग्रेजीमा अनुवाद गरेर ‘द्यभ्थ्इल्म् त्ज्भ् ँच्इल्त्क्ष्भ्च्क्ु प्रकाशित ग¥यौं, जस्को अतिथी सम्पादक डा.गोविन्द भट्टराई हुनुहुन्छ । त्यस्तै गरेर नारी कविहरुका कवितालाई अंग्रेजीमा अनुवाद गरी ‘मबगनजतभच या तजभ भबचतज कविता संग्रह पनि प्रकाशित ग¥योैेंै, जस्को अतिथी सम्पादक हुनुहुन्छ सृष्टा डा. बानिरा गिरीज्यू । अतिथी सम्पादक द्घय प्रति “गुञ्जन” हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँहरुले दिनुभएको अमूल्य समयका लागि हृदयको गहिराईबाट धन्यवाद ज्ञापन गर्दछ । सबै पुस्तकका सम्पादकमा म उषा शेरचन आफैँ पनि छु ।

“गुञ्जन” लाई आवश्यक पर्दा सही मार्गदर्शन दिनुहुने, सल्लाह सुझाव दिनुहुने सवै सवैप्रति गुन्जन हार्दिक आभार ब्यक्तगर्दछ । २०६१ साल देखि गुञ्नजका आजिवन सदस्य तथा कोषाध्यक्ष कथाकार श्री जलेश्वरी भाउज्यू बाट रु.दुईलाखको अक्षयकोष खडागरि स्थापना गर्नु भएको “गुञ्जन प्रतिभा पुरस्कार” पनि प्रत्येक बर्ष गरिने गुञ्जनको वार्षिकोत्सबको अवसर पारेर प्रदान गरिदै आएकोकुरापनि यहाँहरु सवैलाई विदितै भएको कुरा हो । त्यस माथि २०६५ सालमा गुञ्जनका अर्का आजीवन सदस्य श्री भद्रा घले दिदीबाट रु.पच्चिसहजार थप गरिदिनुभएको छ । उहाँ दुवै धन्यबादका पात्रहुनुहुन्छ ।

जुन राष्ट्र साहित्य कला सँस्कृतिमा समृद्ध हुन्छ त्यहि राष्ट्र समृद्ध राष्ट्र कहलाइन्छ भन्ने सर्वविदित मान्यतालाई गुञ्जनले पनि स्विकारेको छ । हाम्रो जस्तो साँधुरो सामाजिक र पारिवारिक संरचनालाई भत्काएर फराकिलो पार्दै लैजानु,सिमित श्रोत र साधनको वावजुद गुञ्जनलाई बा¥हबर्ष देखि हिँडाउनु उल्लेरीको पहाड चढ्नु जतिकै कठिन भए तापनि त्यो भन्दा कयौं गुणा बढी मिल्ने आत्मसंन्तुष्टिको तुलनामा सवै कठिन यात्राहरु गौणभएको अनुभूति हँुदोरहेछ । १२ जना महिला स्रस्टाद्धारा स्थापित गुञ्जन “स्रष्टादेखिस्रष्टासम्म सम्पर्कको निरन्तरता सिर्जनामा जीवन्तता” को नारा बोकेर हिँडेको गुञ्जन आफ्रनो नाराको छेउछाउ सम्म पनि पुग्न सफल भयो कि भएन ? आफ्नो लक्ष्यमा पुग्न सक्यो वा सकेन ! भन्ने कुराको निक्र्यौल विद्धान विदुषिहरुबाट हुन ेनै छ । गुञ्जनले आफ्नो इतिहास रच्न सफल भयो भएन भन्नेकुराको मुल्याङ्कन पनि भविश्यले गर्ने नै छ । यदि साँच्चै नै इतिहास रच्न सफल हुन सकेको खण्डमा भने हामी पनि इतिहासको पात्र बन्ने सौभाग्य प्राप्त हुनु पनि आफैंँमा कम सौभाग्यको कुरा भने अवश्य होईन भन्ने हामीले सोचेका छौं ।

Tuesday, July 22, 2014

Unity in Diversity: An Invaluable Asset

Never before have I felt the true meaning of diversity and its value more than now. This feeling is not out of disgust or any revolt, but purely out of trying to understand the very foundation of any organization in its growth phase. Partly, we can also say that the idea of diversity has become global. To start, let me be a bit critical in order to raise a point of view of how sometime we mix up this idea of diversity with various other definitions. We sometime tend to say," Yes, I know, we are all one though we are different !! " But the very question is, " Do we really act in its true meaning of what we say and understand?" We need to ask that question to oneself very carefully. To be honest, I did not realize its true importance some years before. For me - it was just a "nine lettered" word. That is all !! However, I begun to ask myself what is that different "inside attitude" that makes me think, act, behave or function differently? Over the years of confusion, I slowly begun to realize how we live in a sea of people from different background, culture, faith, food habits and language. Name it - very different, until we try to understand !! This realization drove me toward the path so I could refine my outlook of "What it is" & understand its true essence, so we could be in a position to nurture the very meaning of peaceful existence.

Again, let us ask ourselves some basic question, "What is Diversity?" We know it meaning but let us get a standard definition. Merriam - Webster dictionary defines the word "diversity" as "the state of having people who are different races or who have different cultures in a group or organization". Then, there comes second question, "why do you think this idea of recognizing diversity is so important?" I do not know how others feel about it but i can tell of myself - it is only through your personal experiences that you can tell its "unconditional" importance to improve team work and work culture. No other generation of youths have seen such an advance in the field of information technology or in transportation. Now, we are in an excellent period of human history, that we have started saying it as one global village, we have started to forget that there exist political boundary, we have started saying, " we are the world and we are the children" This sounds so beautiful but on & off, this remains to be tested against our greater motive through tolerance and compassion.
Somebody great said," Strength lies in difference, not in similarities" I heard this saying years back, I did not understand it inner meaning at that time and I did not care much to understand what does it mean? Now, i have started to realize, its importance in helping me fathom the very meaning what it is trying to say. It is a common norm, people enjoy conformity and a bit get distracted when one has to face dissimilarities / difference in your way of thinking, daily way of living, point of view and even more, if this has to do with your language, faith or food or pride. Many volumes of books have been written trying to address these basic foundation of human thought, some vocal for conformity through language or religion or even technology, while some segment speaks for the beauty we find in diversity.
Source: www.google.com

In order to nurture the diverse nature of any community/country or even an organization, we have to have a simple process of linking people at every level. Let us consider, each individual as "dot" in a wider space. Each "dot" has attributes that relates to at personal, social or philosophical level, which we need to try understand. It is only in understanding these attributes or trying to understand, we can connect those widespread "dots" and form a beautiful pattern, which can be beautiful or when all these pattern work in unison, we can create soothing music that are good for soul - harmony. To simplify, let me borrow some words of modern management and create a "MANTRA", which can be in short be said "3 Cs". If we understand each C and implement in our daily life, we can at least harmonize our daily activities with others around you.
  1. Communication
  2. Coordination
  3. Cooperation
Finally, let me end here by sharing with you all recent break through in understanding how micro - organism communicate with each other. It is reported that bacteria also talk to each other through chemical signals. This subtle phenomenon can be called as CROSSTALK. I like this word because it fits to my way of thinking that we need to talk to each other and listen to what others have to say. I can even say, we should not only listen to reply but listen to understand what others have to say. This way, we can live in harmony so we can form a strong network of different individuals interacting with each other. This is what i understand of a term TEAM. It is only in unity among diversity that we can flourish and achieve that are considered impossible. After all, Impossible say I + M + POSSIBLE.
ABC
23 July, 2014

Tuesday, July 15, 2014

Tuesday, July 8, 2014

The 'Rare' Art of Listening

Somebody said, " The best gift that you can give to others is the purity of listening." Usually, not always, we like to talk more and listen less of others. Expecting others to agree to everything what we are saying. Some of you may not agree with me. It is fine. But a practical question for all of us, " How good are we at listening to what others have to say?" I hope this makes sense and you may also have felt the same when we feel we are not heard by your fellow colleagues or seniors out of various reasons. So, to make it a bit easy to understand, I would like to share with you all some scenarios that we come across in our daily lives.
Source: http://askmonicaberg.com/the-art-of-listening/



A week back, I came across a conversation between two nationals - Mr. A said to Mr. B at the end of hour long incessant one way chattering, " I will make you talk". This was a surprising end to such a conversation. A bit confused and hurt, Mr. B politely asked Mr. A back, " By the way, why do you want me to be a talkative guy?" Mr. B then said in drunken slurring tone, "You people do not talk at all". This last sentence was, I think, unnecessary but it was said !! Then, I thought, Mr. A must be a talkative guy - good at the art of talking. But, I have to say, bad at the art of listening. And, I am going to tell you why?

The whole conversation was of all his recent travel experiences to Africa. Or, a talk on recent project completed. Definitely, all these experiences are noteworthy of sharing as any storyteller shares to his/her friends or colleagues. Only portion missing in this conversation was two way communication - sharing your ideas, thoughts and listening to others' as well. Instead, it was one way bombardment as if a voluminous vomiting out of all you have !! As for me and poor guy Mr. B, the only challenge was listening patiently for hours with our head nodding, uneasy smiles sometimes to show our agreement and sometimes, grimaces out of surprises or trying to hide your embarrassment or frustration - I was tolerating all my urge to intervene this conversation. Thankfully, somebody else intervened and we were saved.
Source: http://enjabelok.blogspot.kr/









The message that I would like to impart here is that you will do much better for yourself and others if we improve our art of listening, which is much better supplemented with your art of speaking and leadership. Many of us always strive to improve our art of leadership and communication along with social skills, we tend to forget this important silent art of listening. It is only in listening well that we can understand the deeper meaning of any conversation or dialogue so we can have a better communication that harmonizes the thoughts / opinions of all parties. Again, I would like to repeat and end by saying, " The best gift that you can give to others is the purity of listening."
ABC
9th July 2014

Tuesday, July 1, 2014

मान बहादुर (रिभिजीटेड)

म मान बहादुर 
दिनको ज्याला
खादै
यो शहरको
घर निर्माणमा
ज्यामी काम गर्दैछु।
झुम कुमारी
मेरो श्रीमती
पनि
धादिङको
यहाँ बालुवा भारी बोक्ने
काम गर्छीन।
के चाहन्छन यो निधारका रेखाहरूले
पसीनाका यी अथक भेलहरू
नाम्लो नाम्लोको चैाडाइहरूमा
जुटका बोरा बोरामा।
के रून्छन यो आँधा नाङगो बच्चा हाम्रो
उस्को सिगान, आँसु र ढङगा माटोका खेलहरू
आँखाको त्यो चोखो धुन
त्यो मन मन्दिरको पोरा पोरामा।
जब साँझ परेर
काम बन्द हुन्छ
म पलास्टिकरूका पोकाबाट
एउटा रस पीउछु।
थकाइ हलुका हुन्छ
अनि
मातेर जोश बर्छ।
जल्दै गरेको कोइला माथिको
भाडोमा
झुम कुमारी डाडु पनीयोले
दिन भरीको भोक नाप्दै
खाना के पस्किन्छीन
जिब्रो लटपटदै
कुनै हाम्रो सम्बादको दैारानमा
मैले दुइ तीन लपेटा अचानक
उनी माथि प्रहार गर्छु।
खै हाम्रो नाबालक
बालुवा धुलो र खरानी मिसाएर
रून कराउन थाल्दछ।
म मान बहादुर
दिनको ज्याला
खाँदै
यो शहरमा हराउदैछु।
रोशन तुलाचन
अक्शफड, इङल्यान्ड
०१।०७।१४
Note: Permission taken from poet to publish in this blog