म मान बहादुर
दिनको ज्याला
खादै
यो शहरको
घर निर्माणमा
ज्यामी काम गर्दैछु।
झुम कुमारी
मेरो श्रीमती
पनि
धादिङको
यहाँ बालुवा भारी बोक्ने
काम गर्छीन।
के चाहन्छन यो निधारका रेखाहरूले
पसीनाका यी अथक भेलहरू
नाम्लो नाम्लोको चैाडाइहरूमा
जुटका बोरा बोरामा।
के रून्छन यो आँधा नाङगो बच्चा हाम्रो
उस्को सिगान, आँसु र ढङगा माटोका खेलहरू
आँखाको त्यो चोखो धुन
त्यो मन मन्दिरको पोरा पोरामा।
जब साँझ परेर
काम बन्द हुन्छ
म पलास्टिकरूका पोकाबाट
एउटा रस पीउछु।
थकाइ हलुका हुन्छ
अनि
मातेर जोश बर्छ।
जल्दै गरेको कोइला माथिको
भाडोमा
झुम कुमारी डाडु पनीयोले
दिन भरीको भोक नाप्दै
खाना के पस्किन्छीन
जिब्रो लटपटदै
कुनै हाम्रो सम्बादको दैारानमा
मैले दुइ तीन लपेटा अचानक
उनी माथि प्रहार गर्छु।
खै हाम्रो नाबालक
बालुवा धुलो र खरानी मिसाएर
रून कराउन थाल्दछ।
म मान बहादुर
दिनको ज्याला
खाँदै
यो शहरमा हराउदैछु।
खादै
यो शहरको
घर निर्माणमा
ज्यामी काम गर्दैछु।
झुम कुमारी
मेरो श्रीमती
पनि
धादिङको
यहाँ बालुवा भारी बोक्ने
काम गर्छीन।
के चाहन्छन यो निधारका रेखाहरूले
पसीनाका यी अथक भेलहरू
नाम्लो नाम्लोको चैाडाइहरूमा
जुटका बोरा बोरामा।
के रून्छन यो आँधा नाङगो बच्चा हाम्रो
उस्को सिगान, आँसु र ढङगा माटोका खेलहरू
आँखाको त्यो चोखो धुन
त्यो मन मन्दिरको पोरा पोरामा।
जब साँझ परेर
काम बन्द हुन्छ
म पलास्टिकरूका पोकाबाट
एउटा रस पीउछु।
थकाइ हलुका हुन्छ
अनि
मातेर जोश बर्छ।
जल्दै गरेको कोइला माथिको
भाडोमा
झुम कुमारी डाडु पनीयोले
दिन भरीको भोक नाप्दै
खाना के पस्किन्छीन
जिब्रो लटपटदै
कुनै हाम्रो सम्बादको दैारानमा
मैले दुइ तीन लपेटा अचानक
उनी माथि प्रहार गर्छु।
खै हाम्रो नाबालक
बालुवा धुलो र खरानी मिसाएर
रून कराउन थाल्दछ।
म मान बहादुर
दिनको ज्याला
खाँदै
यो शहरमा हराउदैछु।
रोशन तुलाचन
अक्शफड, इङल्यान्ड
०१।०७।१४
अक्शफड, इङल्यान्ड
०१।०७।१४
Note: Permission taken from poet to publish in this blog
No comments:
Post a Comment