Monday, September 15, 2014

शान्तिका अग्रदूत बुद्धबारे टोकियोमा नरेन्द्र मोदीको मनोभाव

[तरविश्वको एउटा प्रभावशाली मुलुक गणतन्त्र भारतको  सरकार प्रमुख स्वयमले  नै यस्तो द्विअर्थी बयान दिए पछि  वा दोभाषेले लगाएको अर्थ नमिलेको भनेर आफैले सच्च्याए पछि विश्वभर रहेभएका नेपाली समुदायको भावनामा चोट पुग्नु  सामाजिक संजालमा  बिभिन्न प्रतिक्रियाहरु आउनु स्वाभाविकै  होसो कार्यक्रममा दोभाषेले अंग्रेजीमा गलत तरिकाले - "बुद्ध भारतमा जन्मेका थिए "- भनिदिए पछि सन् २००९ देखि नै यस विवादका बारेमा कलम चलाउदै आएको यस पंक्तिकारलाई  पनि फेरि केही लेख्नुभन्नु पर्छ जस्तो लागेर आयो   यस लेखमा त्यहिँ बुद्ध जन्मस्थलका सवालमा भारतका राजनेतादेखि लिएर अन्य विद्वान लेखकहरु, सधै  किन एउटै कुरो गर्दछन भन्ने बारेमा  छोटो चर्चा गरिने    ]

लेखक बिकेराना, From thehimalayanvoice.blogspot (with permission)

बुद्धबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापान गएर भन्नु भएछ  -"भारत भगवान बुद्धको भूमि हो टोकियोस्थित 'सेक्रेड हार्ट विश्व विद्यालय'की अन्तर्राष्ट्रिय सम्बन्धभन्ने विषय अध्ययन गर्दैरहेकी एकजना विद्यार्थीको; भारतको आर्थिक विकासका निम्ति उर्जा अत्यावस्यक रहेको  तर  आणविक  हातहतियार अप्रसार सन्धि  [Treaty on the Non-Proliferation of Nuclear Weapons (NPT)] मा  हस्ताक्षर नगरेको मुलुक भारतले आणविक उर्जा विकास नगरी  आफ्नो आर्थिक विकास गर्ननसक्ने हुँदा  विश्वसमुदायलाई शान्तिका सवालमा कसरी विश्वास दिलाउनसक्छ   आफ्नो आर्थिक प्रगति पनि  गर्नसक्छ   - भन्ने प्रश्नको उत्तरदिने सिलसिलामा  प्रधानमन्त्री  मोदीले उक्तकुरा भन्नु भएको रहेछ   संसारको झन्डै आधा जनसंख्या भएका  भारत (१अरब  ३० करोड) तथा   चीन ( अरब ४० करोड)  दुवै मुलुकहरुले शान्तिपूर्ण प्रयोगका निम्ति सन् २०२० सम्ममा आणविकभट्टीबाट क्रमसः   १५,०००  ५०,०००  मेगावाट बिद्युत उत्पादन गर्ने   महत्वाकांक्षी  योजाना तर्जुमा गरेका छन् प्रधानमन्त्री मोदीको यो  गैर-कूटनीतिक अभिव्यक्तिले नेपाल भन्ने सानो हिमाली मुलुक भारतको एउटा हिस्सा हो भन्ने आम भारतीय जनताको  गलत मनोभावनालाई प्रतिनिधित्व गर्दछ वा प्रतिविम्बित गर्दछ र त्यसले नेपाली जनतालाई अत्यन्त क्रुद्ध र दु:खी दुवै बनाउछ ।

यसै वर्ष चुनावताका बिहारको एउटा विशाल आमसभामा पनि उहाँले "बिहार ने भगवान बुद्ध दिए " भन्नु भएको थियो भने अर्कोतिर गएको अगष्ट महीनाको पहिलो साता उहाँनेपाल भ्रमणमा हुनुहुँदा पनि "भगवान बुद्धको जन्म नेपालमा भएको होभन्नु भएको थियो  जुनसुकै राजनेताले पनि सम्बन्धित ठाउं वा मुलुकको जनताको मनोभावनाअनुकूल आफ्नो भाषण गर्ने गर्दछ  यसैकारण झन्डै आधा भन्दा अर्थात् ५०भन्दा बढी  जनता  बौद्धधर्माबलम्बी भएको मुलुक, जापानमा गएर प्रधानमन्त्री मोदीद्वारा  बुद्धकोकुरा गरिनु भारतलाई विश्वशान्ति प्रति प्रतिवद्धरहेको  संदेशदिनुनै थियो  विश्वशान्तिका निम्ति आणविक हातहतियार नियन्त्रण  वा अप्रसार  अन्तर्राष्ट्रिय आतंकवादविरुद्धका  कुरा उठेपछि  जसले पनि शान्तिका अग्रदूत  बुद्धको प्रसंग उठाउँछ नै   तरविश्वको एउटा प्रभावशाली मुलुक गणतन्त्र भारतको  सरकार प्रमुख स्वयमले  नै यस्तोद्विअर्थी बयान दिएपछि वा दोभाषेले लगाएको अर्थ नमिलेको भनेर आफैले सच्च्याएपछि विश्वभर रहेभएका नेपाली समुदायको भावनामा चोट पुग्नु  सामाजिकसंजालमा  बिभिन्न प्रतिक्रियाहरु  आउनु स्वाभाविकै  हो  सो कार्यक्रममा दोभाषेले अंग्रेजीमा गलत तरिकाले - "बुद्ध भारतमा जन्मेका थिए"- भनिदिए पछि सन् २००९ देखिनै यस विवादका बारेमा कलम चलाउदै आएको यस पंक्तिकारलाई  पनि फेरि केही लेख्नुभन्नु पर्छ जस्तो लागेर आयो  यस लेखमा त्यहिँ बुद्ध जन्मस्थलका सवालमा भारतकाराजनेतादेखि लिएर अन्य विद्वान लेखकहरु, सधै  किन एउटै कुरो गर्दछन भन्ने बारेमा  छोटो चर्चा गरिने   

पृष्ठभूमि  :

हाल नेपालको दक्षिण पश्चिम तराईमा पर्ने  लुम्बिनीमा ५२३ ईशा पूर्वमा  बुद्धको जन्म भएको भन्ने मानिन्छ  हालको लुम्बिनी बगैचामा रहेको मायादेवी मन्दिरको बगलमारहेको महाराजा आशोकको  ईशा पूर्व २४९ को स्तम्भलेखमा त्यसबेलाको चल्तीको पालीवा प्राकृत  भाषामा -  " हद बुधे जाते सक्मुनी तिअर्थात् 'यहा शाक्य मुनी बुद्धकोजन्म भएको हो " भन्ने लेखिएकोले सो कुराको पुरातत्विक हिसाबले नै पुष्टि हुन्छ  
  
मानव जातिले भोग्नुपरेका नानाभातिका दु: कष्टका कारणहरु  जान्न  तिनबाट मुक्तिकानिम्ति उपाय खोज्न  सिर्फ २९ वर्षको युवावस्थामा नै राजमहलको तमाम सुख-सुविधालाई  त्यागेर हिडेका राजकुमार सिद्धार्थले हाल भारतको बिहार राज्यको बोधगयामा ३५ वर्षको उमेरमा नै बुद्धत्व प्राप्तगरेपछि  उनी 'बुद्धभएर विश्व प्रशिद्ध  भए   उनलेआफ्नो पहिलो प्रवचन सारनाथमा दिए  त्यो प्राचीन बगैचा पनि अहिलेको  भारतमा नै पर्दछ  भारतकै अर्को ठाउँ  कुशीनगरमा  ८० वर्षको उमेरमा उनको महापरिनिवार्णअर्थात् मृत्यू  भयो  जन्मेको ठाउँ लुम्बिनी बाहेकबुद्धले ज्ञान प्राप्त गरेकापहिलो प्रवचन दिएका  उनको मृत्यू भएको सबै ठाउँहरु अहिलेको भारतमा नै पर्दछन  यसहिसाबले प्रधानमन्त्री मोदीका माथिको  - "भारत भगवान बुद्धको भूमि हो"- भन्ने भनाई बेठीक होईन  यस आधारमा  भारतले आफुलाई पनि 'बुद्धको भूमि होभन्न नपाउनेकुरो भएन  तरत्यहाँ त्यो हिन्दीमा दिइएको भाषणलाई  दोभाषेद्वारा, बुद्धको जन्म भारतमा भएकोभनी लगाइएको अर्थले बुद्धको जन्मस्थलहाल नेपालको लुम्बिनी पनिभारतमा नै पर्दछ भन्ने अर्थ लाग्नजान्छ   यस्तो किसिमले गलत अर्थ लागाइएपछि प्राचीन कालदेखिनै स्वतन्त्र रहदै आएको एउटा हिमाली मुलुक नेपालको सार्वभौमस्वतन्त्रता  क्षेत्रीय अखण्डतामाथि प्रश्न चिन्ह खडा भैहाल्छ नै   नेपालको  सिमाना भारतले  सधै अतिक्रमण गर्ने गरेकोनेपालको सरहदभित्र  भारतीय सीमा सुरक्षासैनिक दस्ता प्रवेशगरी नेपालीहरुलाई सताउने, आतंकिततुल्याउनेगरेको भन्ने कुराका कारण यस्ता अभिव्यक्तिले सबै नेपालीहरुलाई दु:खी बनाउँछ र  उनीहरु त्यसकोविरोध गर्दछ  

बुद्ध जन्मस्थल विवादका कारणहरु: 

बुद्ध जन्मस्थलबारे  विवाद हुनुका केही खासखास कारणहरु छन्  संक्षिप्तमा यहाँ लेखिएको छ :

यति   महत्वपूर्ण ऐतिहासिकएबम् पुरातात्विक प्रमाणका कुरा हुदाँहुँदै पनि विशाल  हिमालको दक्षिणी  पाटोदेखिको जम्मै भूभाग भारत हो भन्ने भारतीय लेखकहरु  वाअन्य सामन्य नागरिकहरुको  गलत बुझाई रहदैआएकोछ  त्यसैगरी लेखिएको पनि हुँदा विश्वका अन्य  मुलुकका मानिसहरुले  पनि त्यस्तै पढ्ने  बुझ्ने भएनै  लुम्बिनी  सगरमाथा जस्ता विशिष्ट विश्वसम्पदा हुदाँहुँदै पनि तिनको नेपाल स्वंयले राम्ररी व्यवस्थापन  प्रवर्धन गर्न सकेको छैन  स्वयम् लुम्बिनीको  विकासकानिम्ति खडा गरिएको निकाय - 'लुम्बिनी बिकास कोष'ले नै नेपाल सरकार वा पर्यटन मन्त्रालय तथा अन्य पर्यटन व्यवशायीहरुसंग मिलेर केही उल्लेखनीय काम गरेको हुनु पर्ने हो  तर त्यसो भएको पाईदैन । 

डिसेम्बर १८९५ मा जर्मन नागरिक डाएलोई अन्तोन फ्युररले  - " हिद बुधे जाते सक्य-मुनी ति" अर्थात् 'यहा शाक्य मुनी बुद्धको जन्म भएको हो" -भन्ने लेखिएको  अहिलेको लुम्बिनीको अशोकस्तम्भ उत्खनन्  गरेर पत्ता लगाए   जनवरी २०१८९८ को एउटा पत्रमा  विलियम कक्श्टन पिप्पेले पिप्रहवाको उत्खननबाटआफुले  बुद्धको अस्तुधातु प्राप्त गरेको कुरा  लेखेर  त्यहाको स्थानीय सरकारलाई जानकारी गराए ।त्यसको दुई हप्तापछिबर्मेली सरकारबाट ' बर्ष पहिले नै डाफ्युररलेसर्गहवाको उत्खननबाट प्राप्त भएको  अन्य पुरातात्विक महत्वका वस्तुहरुलाई 'बुद्धको सक्कली अस्तुधातुभनेर 'आल्फाल्तुअस्तुधातु'(BogusRelics) बर्माका एकजना 'मानाम गरेका भिक्षुलाई  तस्करी गरेर पठाएको वा बेचेकोभन्ने व्यहोरा लेखिएको एउटा आधिकारिक चिट्ठी कम्पनी सरकारलाई प्राप्त भयो  सेप्टेम्बर १८९६ देखि १८९८सम्म डाफ्युरर  ' माबीच गोप्य व्यापार वा तस्करी व्यापार चलेको देखिन्छ  यही कारण पछि डाफ्युरर जागिरबाट बर्खास्त पनि भए  त्यसैले डाफ्युररले पत्तालगाएको लुम्बिनी अशोक स्तम्भ भेटिएको ठाउँको नाम 'लुम्बिनीपनि  डाफ्युररले  दिएको 'नक्कली नाम'  हो कि भन्ने विद्वानहरु पनि थुप्रै छन्  ति विद्वानहरु  भारतको  'पडेरिया'लाई बुद्धको जन्मस्थल मान्दछन  तरयो पंक्तिकारले लुम्बिनी स्तम्भमा जस्तै लेखिएको 'पडेरियाको शिलालेख'को प्रतिलिपि  उपलव्ध गराइयोस   भन्दाउनीहरुले आजसम्म पनि उपलव्ध गराएका   छैनन् । 

सन् १९२८ अगष्ट २४ तारिखका दिनहाल भारतको उडिसा राज्यको भुवनेश्वर नजिकको कपिलेश्वरमा  बुद्धको जन्म भएको भन्ने  व्यहोरा लेखिएको  महाराजा अशोककोअर्को शिलालेख पाइयो भनेरस्थानीय पत्रिका 'आशा दैनिक'मा छापियो  त्यसैले  उडिसाका केही इतिहासकारहरुले बुद्ध उडिसाको  कपिलेश्वरमा जन्मेका भन्ने मान्दछन नेपालको लुम्बिनीलाई सक्कली मान्दैनन्  यसबारेमा पनि त्यहाका सम्बन्धित विद्वानहरुसंग यस पंक्तिकारले गहन छलफल गरिसकेको   त्यो  कपिलेश्वरमा प्राप्तशिलालेखहाल लुम्बिनी स्तम्भको लिखतको नक्कली भएको प्रमाणित भयो  तरउडिसाका केही इतिहासविदहरु अझै पनि त्यही कुरा गर्दैछन  पोहर सालमात्र पनि उनीहरुलेबुद्ध कपिलेश्वरमा जन्मेको भन्ने १० भागको टेलिफिल्म बनाएको भनेर यस पंक्तिकारलाई इमेलमा लेखेका थिए 

बुद्धका बारेमा आधिकारिक अवधारणा वा मत दिनसक्ने व्यक्ति कुनै पनि दलाई लामा हुनसक्ने कुरो आएन  त्यसैले हालका दलाई लामाले उडिसाको  भुवनेश्वरमा आयोजित एक कार्यक्रममा  " बुद्ध नेपालमा जन्मेका हुन् वा  उडिसामामलाई थाहा छैन   यसबारेमा कसले निर्णय दिने त्यो पनि मलाई थाहा छैन "- भनेर एक सार्वजनिककार्यक्रममा बोलेका    लण्डनमा  बर्ष अघिमात्र  पनि यसै भनेका कुरा यहाँ उल्लेखनीय नै   

सन् २००८ मा यहाँ अमेरिकाबाट फरीद जाकेरियाको  पोष्ट अमेरिकन वर्ल्ड ' भन्ने एउटा किताब छापियो   यो किताबको पृष्ठ १५४ मा बुद्ध भारतीय थिए (Buddha was Indian)'मात्र भनिएको   यो व्यहोरा लेखिएको भेटिएपछि 'सिन्धु साहित्य समाज'चौतारा सन्धुपाल्चोकले २००९ मा त्यस किताबलाई जलायोत्यसपछि  माओवादी सभासद  दीनानाथ शर्माले पनि नेपालको तत्कालिन व्यवस्थापिका संसदमा एउटा खेद प्रस्ताब पेश गरे  त्यसले झन्  त्यस किताबको महत्व अरु बढ्नगयो; जसरी सलमान रुश्दीको  'सैतानका श्लोकहरु तसलिमा नसरिनको 'लज्जाबेच्न बन्देजलागे पछि बढी चर्चित ने  पुस्तकका लेखक फरीद जाकेरियासंग योपंक्तिकारको पनि एकपटक इमेलमा वहस भयो  उनले पछिल्लो संस्करणमा अलिकति सुधार गरेका छन् तर कुरोको गुदी उही नै   तर, अत्यन्त नौलो शैलीमा लेखिएको योएउटा उत्कृष्ट किताब हो 

बुद्धको शान्तिको सन्देशको पाश्चात्य  मुलुकमा अत्यन्त ठूलो प्रभाव परेको   बुद्धको जन्मस्थल लुम्बिनीलाई राम्ररी विकसित गरी पर्यटन प्रवर्धन गरेर ठूलो आर्थिक लाभलिनसक्ने अवस्था हुदाँहुँदै पनि नेपालले धेरै कारणहरुले गर्दा त्यसो गर्नसकिरहेको छैन यसको प्रमाण सन् १९७८ मा युनेस्कोले स्वीकृत गरेको केञ्जो टांगेको लुम्बिनीविकास गुरुयोजना हो त्यो लुम्बिनी विकास गुरुयोजना कहिल्यै पनि पुरा नहुने हो कि भन्ने चिन्ता हुनु स्वाभाविकै हो  स्पष्ट देखिएको कुरो के पनि हो भने नेपालबौद्धधर्मप्रति अझै सकारात्मक हुनसकिरहेको छैन सुर्खेत  काक्रेबिहारमा बुद्धको मूर्तिस्थापना गर्न  नदिईएर भएको विरोध वा प्रहरी हस्तक्षेप यसको एउटा ज्वलन्त उदाहरणहो  गएको साल भारतको  उत्तराखण्डस्थित  केदारनाथ मन्दिर बाढीपहिरोका कारण बन्द रहेको अवस्थामा नेपालको पुरै राज्य व्यवस्था भक्तपुरको डोलेश्वर महादेवको मन्दिरलाइ अस्थायी तवरमा अर्को केदारनाथका रुपमा विकशित गर्नकानिम्ति ज्यान छाडेर  लाग्यो । भारतीय नेता तथा लेखकहरु बुद्धको जन्मस्थल आफ्नो मुलुकमा पर्दछ भन्ने गलत कुरो गरेर 'बुद्धिष्ट सर्किट पर्यटन'को कुरा गरिरहेकाछन्  र करोडौ डलरको पर्यटन प्रवर्धन गरिरहेकाछन तर दु:खद कुरो अर्कोतिर नेपाल भने  गर्नसक्ने काम पनि नगरेर चुपो लागेर बसिरहेको छ । 
  
निष्कर्ष :

अब मूल कुरो नेपालले आफ्नो सांस्कृतिक सम्पदाहरुको राम्रो संरक्षण  सम्वर्धन गर्नसकिरहेको छैन  बुद्धका जन्मस्थलका बारेमा  विश्व सामु हुनुगरिनु पर्ने जति चर्चापरिचर्चा  भैरहेको छैन  नेपालका विद्वान लेखकहरुबाट अन्तर्राष्ट्रिय भाषामा बुद्धको जन्मस्थलका बारेमा कमै लेखिएकाछन्  अथवा, केही लेखिएका  छन् तर पूर्ण लाग्दैनन् त्यहिँ बुद्धको जन्मस्थल लुम्बिनीमा एकजना भारतीय मन्त्रीले 'बुद्ध भारतमा जन्मिए
काभनेर भाषण ठोकेका वा त्यस्तै व्यहोराको पर्चाफ्लाएरलिफलेटहरु बाढेका तरकाठमाडौँबाट गएका समकक्षी नेपाली मन्त्रीले भने किञ्चित प्रतिवाद गर्न नसकेका भन्ने कुरा पनि सामाजिक संजालमा आएको थियो  यसरी सबैतिर  दबेर बस्नमात्र मनपराउने 'दब्बु नेता'हरु, 'दब्बु प्रशासक'हरु वा 'दब्बु प्राज्ञहरूभएपछि,  स्वयं त्रिभुवन विश्वविद्यालयले नै बुद्ध भारतमा जन्मेको भन्ने लेखिएको पाठ्यक्रम स्नातकोत्तरतह समेतमा राखेपछि  त्यसको विरोध भएपनि केही नभए पछि यहाँ  हामीलाई मात्र नेपालको औधी माया लागेर गर्नै  पनि के सक्छौ  ? 

Sunday, September 14, 2014

Friday, September 5, 2014

The Importance of Mentorship

I do not come from a culture where there existed an effective teaching & learning environment. This is one fact, I like to disclose before I talk on its importance. Always, I had a vague feeling but could not grasp its true meaning, there is something missing in our system of teaching and learning in a country,where the socio - political landscape was in utter chaos. It is only through mixture of failure and success, and lots of professional dilemmas that I have now realized the importance of Mentorship, which can be understood as "a personal developmental relationship in which a more experienced or more knowledgeable person helps to guide a less experienced or less knowledgeable person. For those of us, whose early career started from organizations in low income settings, we need to be aware that we need to work hard to understand what it means to excel and rise up the ladder in international organizations in developed countries. Working for a couple of years, "learning by doing", through not knowing initially and even being in "awkward & sometime in dumb" situations, we can now share and guide each other what can be the best way to survive in competitive environment at international organization(s) .
A published article defines the term mentorship in a more clarity - "Mentoring is a process for the informal transmission of knowledge, social capital, and the psychosocial support perceived by the recipient as relevant to work, career, or professional development; mentoring entails informal communication, usually face-to-face and during a sustained period of time, between a person who is perceived to have greater relevant knowledge, wisdom, or experience (the mentor) and a person who is perceived to have less (the protégé)."
Source: www.google.com
Some people say "experience", I like to call the term here as "learning by doing", which characterizes persistence and diligence in what we do. Therefore, it is in the combination of both "learning by doing" and "mentorship", our professional career and expertise can grow and in turn, we can contribute in what we do to the fullest. This is simply a "win - win" situation for both the mentor and the protégé. So, let us dissect a bit more what may constitute the act of "mentoring".
  1. Motivation: It is only a motivated person who can literally "move the mountain". This is age old wisdom. Without motivation, we can't even do a piece of work like cycling daily for your health.
  2. Inspiration: Somebody said, " To be inspired is great, to Inspire is incredible". This quote tells all, what it means to work in an positive energy filled environment, where you feel positively charged everyday and has an environment to feed your neocortex with vitamins of fresh new "doable" idea(s).
  3. Vision: Vision is like guiding star in the distance, we aim to reach there because our action is focused. Sometime, we may have new ideas and very much motivated but not focused not knowing where we want to reach. Therefore, the lack of direction may shake our very foundation of our action.
  4. Lead by example: This is very important for us. It is only through leading by example that we can make things happen, we can inspire your juniors, your credibility will be revered. Fundamental is "Do what you say"
  5. Team work: This is can be exemplified by the recent world cup final result. The German team was victorious and they deserved. The only reason they won the game was purely the team work.
Finally, it is only in team work, the team that is guided by vision which continually inspire and motivate their "diverse" staffs, there can flower the culture of mentorship, where "leading by example" is the hallmark of "smart" organization.

Thursday, September 4, 2014

George Orwell's Six golden rules for effective writing


1. Never use a metaphor, simile, or other figure of speech which you are used to seeing in print.
2. Never use a long word where a short one will do.
3. If it is possible to cut a word out, always cut it out.
4. Never use the passive where you can use the active.
5. Never use a foreign phrase, a scientific word, or a jargon word if you can think of an everyday English equivalent.
6. Break any of these rules sooner than saying anything outright barbarous.
Link: http://theorwellprize.co.uk/george-orwell/by-orwell/essays-and-other-works/politics-and-the-english-language/