म १ हप्ता अगाडी सिङ्गापुर गएको थिए । भाग्यवश भनौ या अनयाशमै सिङ्गापुरमा सुप्रशिधह नेता "ली क्यून युको" अन्तिम विदाई भै ररहेको रहेछ। केहि दिन अघिमात्र वहा स्वर्गवास हुनु भएको थियो, एस क्रममा मैले मानिएका अनि खारिएका नेताहरुले मरण पश्चात पनि जनताबाट कस्तो सम्मान पाउदो रहेछन भन्ने देख्न पाए। हुनत मैले पनि लीको बारेमा केहि जानकारी पाएको थिए तर मलाई त्यति गहन जानकारी भने थिएन । सिङ्गापुरको २ दिने बसाईमा यो कुरो राम्ररी बुझ्ने अवसर मिल्यो कि लीले सिङ्गापुरको लागि आफ्नो जिन्दगि नै तिलान्जली दिएका रहेछन । उनले आफ्नो जिन्दगि सिङ्गापुरका जनताकालागि लागि परेका रहेछन । यसै क्रममा मैले सिङ्गापुरमा ली द्वारा लिखित पुस्तक पनिकिन्ने अवसर पाए । सो पुस्तक करिबन ८०० पेज को छ तर येति सरल भाषामा लेखिएको छ कि पुस्तक १ या २ दिनमा नै पढ्न सकिन्छ । जो कोहि सिङ्गापुरको बारेमा जान्ने इच्छा छ भने सो पुस्तक पढ्नु जरुरि छ । यो पुस्तक पढ्दा लाग्छ कि येस्ता नेता बिरलै जन्मिन्छन । मुख्य अनि जड प्रश्न पनि टड्कारो रुपमा मेरो मनाश पटल मा आएको छ । त्यो हो, हाम्रो समाजमा किन तेस्ता नेता को जन्म हुन् सकेको छैन त? यो प्रश्न गहन छ । हो मलाई थाहा छ, एसको सटिक उत्तर प्राप्त गर्नको निमित्त धेरै अध्ययन अनि अनुशन्धानको खाचो हुन्छ तैपनि केहि सतही उत्तरको धृष्टता भने गर्न सकिन्छ !!
केहि शब्दहरु भएपनि अघिको दैनिकीमा पोख्ने प्रयाश गरेको छु - नेत्रित्व कला हो जसको जड उसको ब्येक्तित्व, समाज, अनुशाशन, धर्म, इमान अनि जमान, विवेक अनि चैतान्यमा हुने गर्छ । यो मेरो सोच हो तर नेपाली समाज मा ब्याप्त सोच को आधारमा परिभाषित गर्न अध्येयन को जरुरि महशुश गरेको छु । कहिले कहिँ मलाई लाग्छ - हाम्रो समाज मा अनि बिशेष राष्ट्रिय रुपमा नेतागिरी ज्यादा नेत्रित्व कम भएको होकी भन्ने लाग्छ किनंकी नेत्रित्व भन्ने जिम्मेवारीको अभिवारा हो जसमा इमान अनि जमानको भरि हुने गर्छ । हर शब्दको अर्थ हुन्छ । यसै क्रममा मैले नेतागिरि अनि पुरेताईलाई नजिक नजिक देख्छु किनकि यी दुईमा इमान अनि जमानले अनिकाल लागेको हुन्छ । त्येस कारण अहिले हामी समाजमा नेत्रित्व भन्दा पनि नेतागिरि अनि पुरेताईको बिग बिगी छ !!
हुनत भेद खुल्न त अझै बाकी छ - फेरी जाऊ नेतागिरि अनि पुरेताईको केहि रुप बुझ्न । यी शब्द हरु हाम्रो समाज, हार्मो भाषा अनि हाम्रो संस्कारको उपज हो जो समाजमा ब्याप्त हुन्छ । भन्नु को अर्थ - यी कहिले कहिँ हाम्रो समाजको प्रतिबिम्ब हुनसक्छ । अर्थात् नेतागिरि अनि पुरेताईको रुप नै हाम्रो समाजको सक्कली हुन् सक्छ ताकी त्येहबाट अब्बल नेत्रित्वको आश गर्न अफ्ट्यारो हुन सक्छ अर्थात् हाम्रो समाज लै जसरि अरणमा सिपालुले फलाम लै खराएको हुन्छ तेसरी नै खराउन ली जस्ता सिपालुको अपरिहार्य हुन्छ । हेर्दै जौ लेख्दै जौ कहाँ सम्म पुगीन्छा - ली जस्ता समाज सुधारक अनि सिपालुको रुप के हो अनि कस्तो हुन्छ ? बुझ्नु धेरै अवास्येक छ !! किन कि अफसोच हाम्रो समाजले कोइराला जस्ता, बम देव जस्ता अनि वली जस्ता मानबहरुमा नेत्रित्वको रत्नको जिम्मेवारी सुम्पेका छन् जबकि मेरो बिचारमा वहाहरु नेतागिरि अनि पुरेताई गर्न माहिर छन् नकि नेत्रित्व !! तर समय ले कोल्टो अवास्ये फेर्ने छ अनि ली जस्ता अब्बल नेताले स्थान अवास्ये लिने छ - त्यो हेर्न बाकी छ !!
बाकी - क्रमश: